
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहान ८ बजेबाट बस्दैछ ।
बैठकमा नेताहरूको जिम्मेवारी, तराई-मधेश जागरण अभियानमा भएका गतिविधिको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारी, राजावादीको सक्रियतालगायतका बारमा छलफल हुनेछ ।
फागुन १२ गते झापाको कचनकवलबाट तराई-मधेश जागरण अभियान सुरु गरेको माओवादी केन्द्रले राजावादीहरूको गतिविधि बढेपछि अभियान स्थगित गरेर काठमाडौं केन्द्रित भएको छ ।
चैत ७ गतेसम्मका लागि तय भएको अभियान बिचैमा स्थगित गरेर नेताहरू काठमाडौं फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्