२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


काठमाडौं जिल्ला प्रशासनबाट राजधानीका केही स्थानलाई निषेधित क्षेत्र घोषणा


0
Shares

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।फागुन २५ गतेदेखि दुई महिनासम्मका लागि निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरिएको हो ।

महाराजगन्जस्थित राष्ट्रपतिको कार्यालय शीतलनिवास, लैनचौर, सिंहदरबार, बालुवाटार र संसद् भवन रहेको नयाँ बानेश्वर आसपासका क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

आगामी दुई महिनासम्मका लागि यी स्थानमा पाँचजना भन्दा बढी व्यक्ति भेला भई अनशन, जुलुस, सभाजस्ता विरोधका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति क्षति भएमा आयोजकबाटै क्षतिपूर्ति भराइने जानकारी दिनुभयो ।