
काठमाडौं । कास्कीमा आज बिहान सैमराङलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार बिहान ४.११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
उक्त भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो । भूकम्पले हालसम्म कुनै क्षति भएको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्