२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिकाको यूएसएडका अधिकांश कार्यक्रम रद्द


3.523k
Shares

एजेन्सी । अमेरिकाले यूएसएडका अधिकांश कार्यक्रम रद्द गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ६ हप्ता लामो समीक्षापछि ८३ प्रतिशत कार्यक्रम रद्द गरिएको जानकारी दिनुभएको छ ।

यूएसएडअन्तर्गत हाललाई ५ हजार २ सय सम्झौता रद्द गरिएको जनाउँदै विदेशमन्त्री रुबियोले यूएसएडअन्तर्गत अरर्बौंं डलर खर्च भइरहेको बताउँदै यसले अमेरिकालाई हानी नोक्सानी पुर्‍याएकाले ५ हजार बढी सम्झौता रद्द गरेको जानकारी दिनुभयो ।

साथै उहाँले संसादरुहरुसँगको परामर्शमा १८ प्रतिशत कार्यक्रम भने जारी राख्ने निर्णय भएको बताउनुभयो । अमेरिकाको यो निर्णयले यूएसएड परियोजनाअन्तर्गत अनुदान लिइरहेका थुप्रै राष्ट्रहरु मारमा पर्ने निश्चित छ ।