
एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की भ्रमणका क्रममा साउदी अरब पुग्नु भएको छ । सउदीमा रहँदा जेलेन्स्कीले सउदीका युवराज मोहम्मद बिन सलमानलाई भेट्ने कार्यक्रम तय भएको छ ।
साउदी अरबको राजधानी रियाद पुग्दा जेलेन्स्कीलाई भव्य स्वागत गरिएको थियो । साउदी अरबमा अमेरिकी र युक्रेनी अधिकारीहरुबीच रुस–युक्रेन युद्धविरामका शर्तहरूमा आज रियादमा वार्ता गर्ने भएकै बेला जेलेन्स्की साउदी पुग्नुभएको हो । यद्दपी जेलेन्स्की वार्तामा भने सहभागी हुनु हुने छैन ।
यसैबीच, डोनाल्ड ट्रम्पका मध्यपूर्व राजदूत स्टिभ विटकफलेले अमेरिकाले युक्रेनलाई आफ्नो सुरक्षाका लागि आवश्यक पर्ने गुप्तचर सूचनाहरू प्रदान गर्न बन्द नगरेको जानकारी दिनुभएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको चर्को बहसपछि अमेरिकाले युक्रेनलाई सैन्य सहायता र गुप्तचर सूचना उपलब्ध गराउन बन्द गरेको बिषयको खण्डन गरी विटकफलले युक्रेन अमेरिकी प्रतिनिधिमण्डलको एक हिस्सा भएको बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्