२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतको झारखण्डमा पटाका पसलमा आगलागी हुँदा ५ को मृत्यु


624
Shares

एजेन्सी । भारतको झारखण्ड जिल्लाको एउटा पटाका पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ ।

गढ़वारहको गोदरमानाको बजारमा रहेको पसलमा आगलागी हुँदा तीनजना बालबालिकासहित पाँच जनाकोे जलेर मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा परि अन्य तीनजना घाइते भएका छन् ।

आगलागीमा जलेकाहरुलाई नजिकैको अस्पताल लगिएकोमा ५ जनालाई अस्पतालले मृत घोषणा गरेको थियो भने अन्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटनाबारे अनुसन्धार भइरहेको बताइएको छ ।