२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रुससँग ३० दिने युद्धविराम गर्न युक्रेन सहमत


2.34k
Shares

एजेन्सी । रुस र युक्रेनबीच ३० दिने युद्धविराम हुने सम्भावना बढेको छ । साउदी अरेबियामा अमेरिका-युक्रेन वार्ताका क्रममा युक्रेन अमेरिकी प्रस्तावअन्तर्गत रुससँग तत्काल ३० दिने युद्धविराम गर्न सहमत भएको हो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युद्धविरामका लागि युक्रेन सहमत भएपनि रुससँग भने युद्धविराम प्रस्ताव प्रस्तुत गर्न बाँकी रहेको जानकारी दिँदै रूसले प्रस्ताव स्वीकार गर्नेमा आफु आशावादी रहेको प्रतिक्रिया दिनुभएको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफुहरु युद्धविरामका लागि तयार रहेको जनाउँदै रुसलाई प्रस्तावमा सहमत हुन लगाउनु अमेरिकाको जिम्मा भएको बताउनुभएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको भनाभनपछि दुई देशबिच पहिलो आधिकारिक बैठक सउदी अरबको जेद्दामा भएको हो ।

वार्तामा साउदी अरबका विदेशमन्त्री फैजल विन फताह, अमेरिकी विदेशमन्त्री मार्को रुवियो र राष्ट्रपति डोनल्ड ट्रम्पका सुरक्षा सल्लाहकार माइकल वाल्ज सहभागी हुनुभएको हो । युक्रेनको तर्फबाट विदेशमन्त्री, रक्षामन्त्रीलगायत सहभागी हुनुभएको छ ।