२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रतिनिधिसभा बैठक शुरु


0
Shares

काठमाडौं । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक शुरु भएको छ । बुधबार बस्ने भनिएको बैठकमा मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । अहिले मन्त्रीहरू आएपछि बैठक पुनः शुरु भएको हो ।

सभामुख देवराज घिमिरेले बैठकको प्रारम्भ भएको जानकारी गराएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले मन्त्री उपस्थित नभएको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रमुख सचेतक पाण्डेले प्रतिनिधि सभा बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै बैठक अगाडि नबढाउन आग्रह गर्नुभएको थियो ।