
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको छ ।
आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरि चाँदीको मूल्यमा ३० रुपैयाँ वृद्धि भई प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोलाको एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्