
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित दूरसंचार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने घोषणा गर्नुभएको हो । उहाँले दक्षिण एशियाका धेरै देशमा टुजी र थ्री जी बन्द गरिसकेकाले अब नेपालमा पनि पुरानो प्रविधिलाई बन्द गर्दै आफूहरु नयाँ प्रविधिमा अभ्यस्त गर्न लागिएको बताउनुभयो ।
उहाँले अहिले पनि ३.३ मिलियन टु जी ह्याण्डसेट रहेको बताउँदै नयाँ प्रविधिलाई अघि बढाउन ति सेटहरु बाधक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्