
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएको विधेयकमाथि रचनात्मक रुपले छलफल गुर्नपर्ने बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने बनेको विधेयक-८१ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
सञ्चारमन्त्री गुरुङले अध्यादेशबारे प्रतिपक्ष दलले पूर्वाग्रहपूर्ण हिसाबले भ्रमको खेती गरेको बताउनुभयो । उहाँले सरकारले ल्याएको विधेयक निरंकुस नभएको जिकिर गर्दै अध्यादेश भित्रको विषय वस्तु गहिराइमा गएर अध्ययन गर्न प्रतिपक्षीलाई आग्रह गर्नुभयो । उहाँले विषय वस्तुमाथि द्वन्द्वात्मक रुपले बुझ्ने क्षमता प्रतिपक्षहरुसँग नभएको अरोप लगाउनुभयो ।
सञ्चारमन्त्री गुरुङले सुशासन प्रवद्र्धन गर्नु आजको सबैभन्दा सबैको साझा उद्देश्य र दायित्य भएको बताउनुभयो । प्रतिस्थापन गर्न बनेको विधेयकहरुको विरोध हुनु वैचारिक र सैद्धान्तिक रुपले गलत भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्