२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सार्वजनिक प्रतिष्ठानहरुमा भएको लगानी व्यवस्थापन गर्न निजीकरण विधेयक आवश्यक पर्‍यो : अर्थमन्त्री पौडेल


780
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारको स्वामित्वमा रहेका सार्वजनिक प्रतिष्ठानहरुमा भएको लगानी व्यवस्थापन गरी प्रभावकारी बनाउन निजीकरण विधेयक आवश्यक परेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि सांसदहरुको विरोधको सूचना राखेपछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सांसदहरुले विधेयकको नामाकरणमा समेत विरोध गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सरकारी लगानी निजीकरण गरिएको भनिएको ठाउँमा सरकारी लगानी व्यवस्थापन भन्दा पुँजीवाद हुन्छ रु भन्दै प्रश्न समेत गर्नुभयो ।

विधेयकले ऐनको रुप लिएपछि रुग्ण र बन्द रहेका सरकारी सार्वजनिक प्रतिष्ठानहरु प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने बताउनुभयो ।