२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधि सभामा पेश


377
Shares

काठमाडौं । ‘निजीकरण (पहिलो संशोधन विधेयक) २०८१’ प्रतिनिधि सभामा पेश गरिएको छ ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सभामा पेश गर्नुभएको हो ।

यसअधि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरुले विरोधको सूचना दिएका थिए । सो सूचना नियणार्थ पेश गर्दा बहुमतले अस्वीकृत भए ।

सरकारले ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१’ ल्याएको थियो । उक्त अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेको हो ।