२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दोहोरो अंकले बढ्यो शेयर बजार


364
Shares

काठमाडौं । लगातार गिरावटपछि शेयर बजार बुधबार दोहोरो अंकले बढेको छ ।

१७ अंकले उकालो लागेको बजार २७ सय ३६ विन्दुमा पुगेको छ ।

विकास बैंक र लघुवित्त समूह बाहेक अरु सबै समूह हरियो रहेको बजारमा लगानी र अन्य समूह एक प्रतिशत बढीले उकालो लाग्दा अरु समूहमा दोहोरो अंकको सुधार आएको छ । बुधबार पिपुल्स हाइड्रो पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार हुँदा कारोबारका हिसाबमा माछापुच्छ«े बैकको प्रोमोटर शेयर सर्वाधिक ८१ करोड ३६ लाखको कारोबार भएको छ । १ सय ४६ कम्पनीको मूल्य बढेको बजारमा ८८ कम्पनी कम्पनीको घटेको छ । बुधबार ३ सय २३ कम्पनीको २ करोड २९ लाख कित्ता शेयर ८ अर्ब २३ करोड बराबरमा किनबेच भएको नेप्सेले जनाएको छ ।