२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


‘आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछ’


351
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले व्यवसायिक क्षेत्रमा संकुचन आएको कारण आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’ प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि सांसदहरुको विरोधको सुचना राखेपछि बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उक्त विधेयकले मुलुकमा लगानीको वातावरण सिर्जना गरी लगानी अभिवृद्धिमा टेवा पुग्ने मन्त्री पौडेलको विश्वास छ । उहाँले लामो समयदेखि निजी क्षेत्रले व्यवसायिक वातावरण निर्माण नभएको गुनासो आएको कारण अध्यादेशमार्फत उक्त विधेयक ल्याउनु परेको बताउनुभयो ।

सो विधेयकले मुलुकलाई समृद्धितिर अगाडि बढ्न सहयोग पु¥याउने मन्त्री पौडेलको भनाइ छ ।