२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सोचेअनुसारको काम गर्न सकेको छैन : सञ्चारमन्त्री गुरुङ


182
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री भइसकेपछि सोचेअनुसारको काम गर्न नसकेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

सञ्चारमन्त्री गुरुङले मन्त्री बनेको ४÷५ महिना भएको जस्तो आफूलाई लागे पनि ८ महिना पुगेको तर सोचेअनुसारका योजना अघि बढाउन नसकेको बताउनुभयो । उहाँले आइटी, टेलिकम क्षेत्रलाई व्यवस्थित बनाएर जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले शासकीय शैलीमा सुधार नगरी अघि बढ्न नसकिने बताउनुभयो । उहाँले पुरानो शासकीय शैलीबाट अब अघि बढ्न नसक्ने जिकिर गर्नुभयो । उहाँले अध्यादेशलाई गलत तरिकाले प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

सञ्चारमन्त्री गुरुङले जनताको सूचनाको हक प्रवद्र्धन, जनताको अभिव्यक्ति स्वतन्त्रता अभिवृद्धि गर्नेकुरामा कुनै सम्झौता नहुने बताउनुभयो । उहाँले सामाजिक सञ्जालबाट हुने अपराधपूर्ण कामहरुलाई नियन्त्रण गर्न सामाजिक सञ्जाल सम्बन्धी विधेकय ल्याइएको बताउनुभयो ।