
काठमाडौं । ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रतिनिधि सभामा पेश गरिएको छ ।
बुधबारको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सभामा पेश गर्नुभएको हो ।
यसअधि उक्त विधेयकलाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि सांसदहरुले विरोधको सूचना दिएका थिए । सो सूचना नियणार्थ पेश गर्दा बहुमतले अस्विकृत भए ।
सरकारले ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ ल्याएको थियो । उक्त अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेको हो ।
प्रतिक्रिया दिनुहोस्