३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली समाधान होइन : प्रदीप ज्ञवाली


1.807k
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली उपयुक्त समाधान नभएको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले अयोजना गरेको नयाँ युगको कार्यभार : वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो ।

उपमहासचिव ज्ञवालीले पपुलिजमको आधारमा कुनै पार्टी सत्तामा पुगेर गैरजिम्मेबार ढंगले प्रश्तुत हुँदा ठूला समस्या देखिने गरेको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीका बारेमा गम्भीर भएर छलफल र बहस गर्नुपर्ने बताउनुभयो । उहाँले भारतमा स्थापित संसदीय प्रणालीले एउटै दल र एकै व्यक्ति तीन पटकसम्म सत्ता सञ्चालनको जिम्मेवारीमा पुगेको भन्दै नेपालको भूराजनीतिक अवस्थाका लागि पनि वर्तमान प्रणाली सही रहेको दाबी गर्नुभयो । संसदीय व्यवस्थामा हजारौँ कमी कमजोरी भएपनि सन्तुलन र नियन्त्रणका लागि उपयुक्त र बलियो हतियार भएको उहाँको भनाइ छ ।

उपमहासचिव ज्ञवालीले प्रणाली परिवर्तनबाट मात्रै समाधान खोज्ने र परिवर्तन गर्ने हो भने अर्को १० वर्षपछि अर्को प्रणालीमा जाऔँ भन्ने स्थिति हुने बताउनुभयो ।