७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नेपालमा धर्मपनिरपेक्षताको जननी माओवादी हो : अध्यक्ष दाहाल


1.404k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा धर्मपनिरपेक्षताको जननी माओवादी भएको बताउनुभएको छ ।

बुधबार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समावेशिता, समानुपातिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सबैको जन्मदाता माओवादी भएको बताउनुभयो । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासबाट परास्त भएका प्रतिगामी शक्तिहरुले वर्तमान गठबन्धन सरकारको जनबिरोधी क्रियाकलापबाट असन्तुष्ट भएका जनतालाई भ्रम दिएको आरोप लगाउनुभयो । उहाँले पूर्वराजा शाहको गतिविधिलाई हुंकार दिनकै लागि तराई मधेश जागरण अभियान स्थगित गरेर काठमाडौं आएको बताउनुभयो ।

अध्यक्ष दाहालले प्रतिगामी चलखेललाई सफल हुन नदिने बताउनुभयो ।