२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई


1.001k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माणको प्रयास गर्न पाउने बताउनुभएको छ ।

बुधबार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले लोकतन्त्र उदार रहेको बताउनुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी संसदमा गणतन्त्रको विरोधमा बोलिरहेको र त्यो अधिकार पनि गणतन्त्रले दिएको जिकिर गर्नुभयो । उहाँले राजाको शासन भएको बेलामा आन्दोलन गर्नु र राजाको विरोध गर्नुलाई ठूलो अपराध मान्ने गरे पनि अहिले त्यस्तो नरहेको बताउनुभयो ।

अध्यक्ष राईले सडकबाट राजतन्त्र स्थापना गर्ने सपना देख्ने कुरा गलत भएको बताउनुभयो ।