२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


पाकिस्तानमा अपहरणमा परेको रेलका तीन सय यात्रीको उद्धार


1.261k
Shares

एजेन्सी । पाकिस्तानी सेनाले आतंकवादी समुहले कब्जामा लिएको यात्रुवाहक रेलबाट ३ सय भन्दा बढी बन्धकहरूलाई मुक्त गरेको छ । सेनाका प्रवक्ताले कारवाहीका क्रममा ३३ आतंकवादी मारिएको बताएका छन् ।

बलुच लिबरेसन आर्मी (बि.एल.ए) नाम गरेको आतंकवादी समुहविरुद्ध सेनाको कारवाही शुरु हुनुअघि २१ सर्वसाधारण यात्री र चार सैनिकको हत्या गरेको सैन्य प्रवक्ताले बताएका छन् ।

सेनाले आसपासको पहाडी क्षेत्रमा आफ्‌नो खोज तथा उद्धार अभियान जारी राखेको छ । रेलमा हमला हुँदा करिब ४ सय ४० यात्री सवार थिए । जसमध्ये कम्तिमा सय जना बिदामा रहेका सुरक्षाकर्मीहरु भएको बताइएको छ ।

केही लडाकुले रेल छाडेर यात्रुहरुलाई बन्धक बनाएर भागेको बताइएको छ । सेनाले उनीहरुको खोजी जारी राखेपनि कति जना यात्रुलाई लडाकु समुहले बन्धक बनाएर लगेको छ भन्ने प्रष्ट भइसकेको छैन ।