
एजेन्सी । अमेरिकाले युरोपेली स्टील र आल्मुनियम आयातमा कर लगाएसँगै युरोपेली संघ ईयू ले पनि बदला स्वरुप अमेरिकी सामानहरूमा कर लगाउने घोषणा गरेको छ ।
संघले अमेरिकी करको जवाफमा २६ अर्ब युरो मूल्यका अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर लगाउने जनाएको छ । ईयू अध्यक्ष उर्सुला भान डेर लेयनले वार्तामा संलग्न हुन तयार रहेको बताउँदै व्यापारको राम्रो समाधान खोज्न अमेरिकासँग वार्ता गर्न सँधै तयार रहेको बताउनुभएको छ ।
अत्याधिक कर कुनै पनि व्यवसायको लागि हानिकारक हुने भन्दै भानले करले उपभोक्ताहरूको आपूर्तिमा बाधा पुर्याइरहेको उल्लेख गर्नुभयो । साथै उहाँले कर लगाउनु उपयुक्त कदम नभएपनि प्रतिरोधात्मक कदम चाल्न बाध्य हुनपरेको बताउनभयो ।
यसअघि अमेरिकाले इयुबाट आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्