२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


काठमाडौंमा नियमविपरीत चलाइएका सवारीसाधनहरु दिनभरि ‘होल्ड’मा


676
Shares

काठमाडौं । काठमाडौंमा नियमविपरीत चलाइएका एक सय ५० बढी सवारीसाधनलाई ‘होल्ड’ मा राखिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार दिउँसोसम्म ट्राफिक नियम उल्लंघन गर्ने ५ सय ६२ सवारी साधनमध्ये १ सय ५० लाई होल्डमा राखिएको जनाएको छ ।

नियमविपरीत सवारीसाधन चलाउनेलाई ट्राफिक नियम उल्लंघनको प्रकृति हेरेर छाड्ने वा होल्डमा राख्ने गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।

होल्ड गरिएका सवारीसाधनमा १२९ वटा मोटरसाइकल र स्कुटर तथा २१ वटा अन्य सवारीसाधन छन् ।
कागजात नभएका, मापसे गरेका, ओभरलोड गरी सवारी चलाउनेहरूलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।

यस्तै ‘होल्ड’ मा परेकाहरुलाई होली मनाउन नपाउने गरी दिनभर सडकमा रोकिने पनि जनाइएको छ ।