२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


हरिसिद्धि देवीको तान्त्रिक नृत्य


0
Shares

काठमाडौं । ललितपुरको दक्षिणी भेगमा पर्ने जलदेय्मा फागू पूर्णिमाको अवसरमा हरिसिद्धि देवीको तान्त्रिक गण नृत्य सम्पन्न भएको छ ।

हरिसिद्धि देवीको मन्दिर अगाडि तान्त्रिक नृत्य देखाइएको हो ।

प्रत्येक वर्ष फागुपुर्णिमा र योमरी पुर्णिमामा हरिसिद्धि देवीको नृत्य देखाउने परम्परा रहेको छ । मध्य रातमा तान्त्रिक साधना गरेपछि गणनृत्य प्रस्तुत देखाउने गरिन्छ ।

ब्रम्हायणी, बैष्णवी र रुद्रायणीको त्रिशक्ति र योगिनीको रुपमा हरिसिद्धि देवीलाई पुज्ने गरिन्छ । प्रत्येक १२ वर्षमा गोदावरीको जंगलमा तान्त्रिक साधना गरी पशुपतिको शिवलिङ्गमा समेत तान्त्रिक पूजा गरी उपत्यकाका विभिन्न २५ स्थानमा १२ वर्षेनाच प्रस्तुत गर्ने प्रचलन रहेको छ ।