
पाल्पा । फागू पूर्णिमाको अवसरमा पाल्पामा परम्परागत फागु नाच प्रस्तुत गरिएको छ ।
फागु नाच्ने प्रचलन हराउँदै गए पनि पाल्पाका गाउँ घरमा अहिले पनि यो परम्परा अझै कायम रहेको छ ।
भैरव मन्दिरको आसपासका भारकोट, माल्मुङ्ख, छेरलुङ्ख, ख्याहा, सोमादी, तानसेन तथा पूर्वी पाल्पाको रामपुर आसपासका क्षेत्रमा परम्परागत फागु नाच अझै जिवित रहेको छ ।
फागु नाचमा रंग अविर खेल्दै रामायण, कृष्णचरित्र, गोपीनीहरुको रासलीलालगायतका प्रस्तुति देखाउने चलन हुने गर्दछ । गाउँका बुढापाका संगै फागु नाचको परम्परागत कला संस्कृती सिक्न र सिकाउन फागु समुहमा सहभागी भएको युवाहरुले बताएका छन ।
अहिलेको पुस्ता मोवाईल टिभी, सामाजिक सञ्जालमा मात्र केन्द्रित रहेकोले फागु संस्कृती देखाउन पाल्पाका गाउँ गाउँमा पाका पुस्ताहरु परम्परा जोगाउन कस्सिएर लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्