
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग युद्धविरामका लागि अनेकौं शर्तहरु राख्नुभएको छ ।
युद्धविरामको प्रकृतिबारे धेरै प्रश्नहरु बाँकी रहेको बताउँदै पुटिनले ती शर्तहरुबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्ने संकेत गर्नुभयो । अमेरिकासँगको वार्तापछि युक्रेनले सहमति जनाएको ३० दिने युद्धविरामको खाकाबारे रुसी राष्ट्रपतिले प्रश्न गर्नुभएको हो ।
युद्धविरामले स्थायी शान्ति ल्याउनु पर्छ भन्दै पुटिनले संकटको मूल कारणहरू हटाउन युद्धविराम सफल हुनुपर्ने धारणा राख्नुभयो ।
उता, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनको प्रतिक्रियालाई बदनियतपूर्ण भन्दै रुसमाथि थप प्रतिबन्ध लगाउन आह्वान गर्नुभयो । यसैबीच, अमेरिकाले रुसी तेल, ग्यास र बैंकिङ क्षेत्रहरूमा थप प्रतिबन्धहरू लगाएको घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्