
काठमाडौं । ‘बसाइँ’ उपन्यासका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ ।
भारतको आसाममा स्थायी बसोबास भएका उहाँको ९३ वर्षको उमेरमा बिहीबार राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका शब्दपथका प्रबन्ध सम्पादक मुरारी सिग्देलले जानकारी दिनुभयो ।
साहित्यकार क्षेत्रीले जगदम्बाश्री पुरस्कारबाट सम्मान प्राप्त गर्नु भएको थियो । भानु पुरस्कारबाट पनि सम्मानित उहाँले नेपाली भाषा साहित्यमा ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास र ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध संग्र्रहका साथै कथा, निबन्ध र नाटक लेखेर योगदान पुर्याउनु भएको छ ।
साहित्यकार क्षेत्रीलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्