
काठमाडौं । समाजवादी मोर्चा नेपालको बैठक शुरु भएको छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा शुरु भएको बैठकमा मोर्चामा आवद्ध विपक्षी चार दलका नेताहरू सहभागी छन् ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनुका साथै मोर्चाको आगामी रणनीतिका बारेमा पनि छलफल हुनेछ ।
मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्ष र प्रतिगमनविरुद्ध विरोध प्रदर्शन गर्दै सभा गर्ने निर्णय यसअघि गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्