
काठमाडौं । समाजवादी मोर्चाको बैठकले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्ने निर्णय गरेको छ । शनिबार होटल हिमालयमा अन्तरक्रिया गरेपछि पत्रकार सम्मेलन गर्ने तयारी गरिएको मोर्चाले जनाएको छ ।
शुक्रबार बसेको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको मोर्चाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
साथै मोर्चाले पत्रकार सम्मेलनमार्फत चैत्र १५ गते आयोजना गर्न लागिएको कार्यक्रमका बारेमा जानकारी दिने पनि जनाएको छ । राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि १५ गते काठमाडौंमा हजारौँको सहभागितालाई सुनिश्चित बनाउने निर्णय भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्