२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


मिथिलामा आज होली मनाइँदै


0
Shares

काठमाडौं । मिथिला क्षेत्रसहित मधेश प्रदेशका विभिन्न ठाउँमा आज पनि होली मनाइँदैछ ।

मिथिलााक्षेत्रमा मध्यमा परिक्रमा सकिएको भोलिपल्ट होली मनाउने चलन छ ।

१५ दिवसीय मिथिला मध्यमा परिक्रमाको अन्तिम दिन हिजो जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ । मध्यमा परिक्रमाको एक सय ३३ किलोमिटर वृत्तभित्र परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाइने चलन छ ।

यस्तै महोत्तरीका मटिहानी, जलेश्वर, महोत्तरी, बलवा, लोहारपट्टी, पिपरा र भङ्गाहासहितका सात ठाउँमा पनि आज होली मनाइँदैछ । मधेशमा होली पर्व मनाउने तीन परम्परा छन् । पर्वते समुदायले फागुन पूर्णिमाकै दिन मनाउँछन् । त्यसैगरी पूर्णिमा सकिने र चैत शुक्ल प्रतिपदा शुरू हुने तिथिको दिन पारेर मधेशका धेरैजसोले होली पर्व मनाउने गर्छन् । यी दुईभन्दा फरक मैथिल परम्पराअनुसार आज होली खेलिन्छ ।