३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

व्यवसायी र उपभोक्ताबीच सन्तुलित न्याय प्रदान गर्नु उपभोक्ता अदालतको जिम्मेवारी : प्रधानन्यायाधीश राउत


416
Shares

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले व्यवसायी र उपभोक्ताबीच सन्तुलित न्याय प्रदान गर्ने कार्यक्षेत्र र विशेष जिम्मेवारी उपभोक्ता अदालतको हुने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा उपभोक्ता अदालत उद्घाटन समारोहमा बोल्दै प्रधानन्यायाधीश राउतले उपभोक्ता अदालतले शुरुवातमा स्थापित गरेको न्यायिक कवचले उपभोक्ताको अधिकार संरक्षण गर्ने कुरामा आत्मसाथ गर्नुपर्ने बताउनुभयो । उहाँले उपभोक्तालाई अदालतले प्रदान गरेको सेवामार्फत न्यायिक निरुपणको नजिर स्थापित गर्नुपर्ने बताउनुभयो ।

प्रधानन्यायाधीश राउतले उपभोक्ता अधिकारलाई वस्तु तथा सेवाको गुणस्तरीय मापणमा कानूनी औजारको रुपमा लिनुपर्ने बताउनुभयो । कुनैपनि वस्तु तथा सेवा प्राप्त गर्नु मात्र नभइ उपभोक्ता अधिकार सन्तुष्टिसँग पनि जोडिएको उहाँको भनाइ छ ।

प्रधानन्यायाधीश राउतले पीडित आमसर्वसाधारणले क्षतिपूर्ति दाबीको लागि आउनसक्ने गरी ऐनमा गरिएका विभिन्न व्यवस्था महत्वपूर्ण रहेको बतानउनुभयो । उहाँले क्षतिपूर्तिसहितको न्याय संवैधानिक प्रत्यभुति भएको बताउनुभयो ।