२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


जनकपुरधाममा उल्लासका साथ मनाइयो होली


234
Shares

काठमाडौं । जनकपुरधाममा उल्लासपूर्ण रुपमा होली मनाइएको छ ।

स्थानीयवासीहरूले एकअर्कालाई रङ लगाएर र खुशी साटासाट गरेर होली मनाएका हुन् ।

होलीका अवसरमा मानिसहरूले विविध रङहरू एकअर्कामाथि हालेर पर्वलाई रमाइलोका साथ मनाउने गरिन्छ । यो पर्व धार्मिक सीमाभन्दा पर गइ उत्साह र सद्भावको रूपमा मनाइन्छ ।

नेपालीहरू, चाहे जुनसुकै धर्म वा समुदायका हुन्, होलीको अवसरमा एउटै आँगनमा भेला भएर उल्लासपूर्वक रमाउँछन् । तराईका अन्य जिल्लाहरूमा होली ९हिजो० शुक्रवार नै सम्पन्न भएपनि जनकपुरधाममा भने एक दिन ढिलोगरी मनाइन्छ ।

यसको मुख्य कारण मिथिला परिक्रमा उत्सव हो । जसका कारण यहाँ परम्परागत रूपमा एक दिनपछि होली मनाउने चलन रहेको छ । नगरका विभिन्न स्थानहरूमा मटकाफोर, जोगिरा गायन जस्ता परम्परागत होली कार्यक्रमहरू आयोजना गरिएका छन्। विशेष रूपमा मनाइने जनकपुरधामको होली हेर्न देश–विदेशका पर्यटकहरू पनि ठूलो संख्यामा आउने गर्दछन् ।