२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


कुनै त्याग, तपस्या र बलिदान नगरेकाको हातमा देश दिन सकिँदैन : अध्यक्ष नेपाल


1.222k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुँजीवादी व्यवस्थालाई बदल्नुपर्ने जरुरी रहेको बताउनुभएको छ ।

शनिबार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै अध्यक्ष नेपालले अहिले व्यवस्था बदल्नुपर्ने र पुँजीवादी व्यवस्था बदल्नुपर्ने बताउनुभयो । उहाँले सामन्तवादी व्यवस्थामा जाने कुरा सह्य नहुने बताउनुभयो । दलाल पुँजीवादको वर्चश्व रहेको व्यवस्था परिवर्तन गरेर समाजवादी गणतन्त्रमा जानुपर्ने बताउनुभयो । त्यसका लागि आफ्नो पार्टीले नेपाली विशेषताको समाजवादको नयाँ अवधारणा हाम्रो पार्टीले अघि सारेको उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले व्यवस्था बदल्न चाहनेहरु प्रतिगमनतिर नभएर अग्रगमनतिर आउनुपर्ने बताउनुभयो । उहाँले वंशको कुरा छोड्न सबैलाई आग्रह गर्नुभयो । पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै त्याग, तपस्या, बलिदान नगरेको बरु देशलाई लुट्ने काम गरेको आरोप लगाउनुभयो ।

पूर्वराजा शाहप्रति आरोप लगाउँदै उहाँले लुट्ने इतिहास बोकेकाहरुको हातमा देशलाई लगेर बर्बाद पार्न नहुने बताउनुभयो । देशको इज्जत, प्रतिष्ठा र मर्यादालाई माथि उठाउन अब नयाँ समाजवादी व्यवस्था जरुरी रहेको बताउनुभयो ।