२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


समाजवादी मोर्चा मलाईं सरकारमा जान बनाइएको टेको होइन : अध्यक्ष दाहाल


1.3k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा आफूलाई सरकारमा जाने टेकोका रुपमा निर्माण नगरिएको बताउनुभएको छ ।

शनिबार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै अध्यक्ष दाहालले लागि समाजवादी टेको बनाइयो भन्नेकुरा सही नभएको बताउनुभयो । उहाँले समाजवादी मोर्चालाई फागुन २५ गतेको राजावादीहरुको प्रदर्शनपछि मात्रै सक्रिय बनाइएको भन्नेकुरा गलत भएको र यसअघि पनि आफूहरुले विभिन्न कार्यक्रम गरेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘समाजवादी मोर्चा प्रचण्डको लागि टेको हो भन्नेकुरा बिल्कुलै गलत हो । हामीले समाजवादी मोर्चा सोचे, सम्झेर बनाएको हो । पहिला उपेन्द्र यादव हुनुहुन्थ्यो, अदालतमा मुद्दा परेकाले अहिले हुनुहुन्न । अहिले महेन्द्र राय यादव हुनुहुन्छ । हामी चार पार्टी नै रहेका छौँ । यो प्रचण्डको लागि भन्ने जो पर्न गएको छ, त्यो गलत पर्न गएको छ । समाजवादी मोर्चा २५ गतेको कार्यक्रमपछि मात्रै बैठक बसेर कार्यक्रम घोषणा गरेका होइन ।’

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुले एक पटक जनतासँग आफ्नो आत्समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो । सोही उद्देश्य लिएर आफूहरु जनतासँग जोडिएको उहाँको जिकिर छ । उहाँले विगतमा भएका त्रुटीहरु सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । समाजवादी मोर्चाको कार्यक्र राजावादीहरुको प्रदर्शको जवाफ र कम्पनको कुरा नभएको बताउनुभयो ।

अध्यक्ष दाहालले सरकारमा भएका वा नभएका पनि गणतन्त्रका पक्षधहरुसँग कुरा भइरहेको तर सरकारले विपक्षी दलहरुलाई अघि बढ्न र सरकारले पनि साथ दिने कुरा नगरेको बताउनुभयो ।