
काठमाडौं । केन्द्रीय मानन्धर संघको ७२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।
संघले शनिबार दोलखा, रामेछाप, काभ्रे, वीरगन्ज, पाल्पा, मकवानपुरदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा बसोबास गर्दै गरेका मानन्धरहरूलाई सहभागी गराएर बृहत् नेवाः भ्वय् पनि सम्पन्न गरेको छ ।
स्वयम्भू परिसरमा चैत्य स्थापना गरेको उपलक्ष्यमा धेरै वर्ष पहिलेदेखि फागु पूर्णिमाबाट पछाडिको शनिबार नियमित रूपमा स्वयम्भूको भुइख्यःमा बृहत् नेवाः भ्वय् कार्यक्रम हुँदै आएको हो ।
कार्यक्रममा समुदायभित्रबाट भिमरथारोहन गरेका जेष्ठ नागरिक, खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी, नव विवाहित जोडी तथा विभिन्न संकायमा विद्यावारिधी गरेकादेखि एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप सम्मानित गरेको थियो ।
कार्यक्रममा रक्तदान, विभिन्न व्यावसायिक तथा वित्तीय संस्थाहरूको स्टल राखिएको थियो । संघले समुदायको आर्थिक उत्थान, खेलकुद, स्वास्थ्य, सांस्कृतिक विकास, शैक्षिक उत्प्रेरणाको क्षेत्रमा काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्