
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने विश्वास गर्न नसक्ने बताउनुभएको छ ।
शनिबार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले र कांग्रेसप्रति लक्षित गर्दै यथास्थितिवादीहरु अफ्ठ्यारो भएको खण्डमा प्रतिगमनकारीतिर मिल्नसक्ने जिकिर गर्नुभयो । संविधान घोषणा गर्न हुन्न भन्ने र गणतन्त्र सम्भव छैन भन्ने नेताहरु संघीय लोकतान्त्रिक गणतन्त्रको सरकारको नेतृत्व गरेर संघीय गणतन्त्रको फल खाइरहेको भएपनि उनीहरुको लोकतन्त्रप्रति दृढ विश्वास नरहेको बताउनुभयो ।
अध्यक्ष दाहालले प्रतिगमनका बिरुद्ध उनीहरु लड्नेतिर भन्दा लिपापोती गर्नेतिर अग्रसर रहेको आरोप लगाउनुभयो । माओवादी कमजोर भएको मौका छोपेर प्रतिगमनकारीतिर मिल्नेसक्ने बताउनुभयो । उहाँले जनयुद्ध लड्दै गर्दा प्रतिगमन आधा सच्चियो भनेर एमाले सरकारमा गएको होइन रु भन्दै प्रश्न गर्नुभयो ।
अध्यक्ष दाहालले तत्कालीन ज्ञानेन्द्र शाहको शासनका एमालेले प्रधानमन्त्रीका लागि निवेदन दिएको र सोही समयमा बेलामा कांग्रेसबाट वर्तमान सभापति शेरबहादुर देउवालाई असक्षम भनेर कारबाही गरिसकेपछि पुनः प्रधानमन्त्री बनाउँदा कांग्रेसले महाराजधिराजले बुद्धि पु¥याइबक्सियो भन्नेकुरा गरेको जिकिर गर्नुभयो । सोही कारणले काँग्रेस र एमालेको भर परेर संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा हुन्छ भन्ने विश्वास नरहेको जिकिर गर्नुभयो ।
अध्यक्ष दाहालले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेको बताउनुभयो । उहाँले आफूहरुको आलोचना अहिले चर्को रुपमा भइरहेको बताउनुभयो । आफूविरुद्ध पूर्वपञ्चहरुले झुटो प्रचार गरिरहेको बताउनुभयो । माओवादीप्रतिको जनविश्वासले कांग्रेस र एमाले आत्तिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्