३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


पेट्रोलियम पदार्थको मूल्य घट्यो


9.087k
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबारको मध्यरात अर्थात् आज बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

पेट्रोलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको छ ।

नयाँ मूल्यसूची अनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

भारतबाट इन्धनको मूल्य घटेर आएकाले नेपालमा पनि सोही अनुसार समायोजन गरिएको निगमले जनाएको छ ।