३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


रुसी राष्ट्रपति पुटिनको चेतावनी


6.825k
Shares

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी भूभागमा रहेका युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न चेतावनी दिनुभएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप लगाइरहेकै बेला पुटिनको यो चेतावनी आएको हो ।

गत अगस्टमा युक्रेनले कब्जा गरेको अधिकांश भूभाग पुनः खोस्ने तयारीमा रहेको रुसले विगत एक हप्तादेखि कुस्र्कको पश्चिमी सीमा क्षेत्रमा तीव्र आक्रमण गरेको छ ।

रुसी टेलिभिजनमा प्रसारित सम्बोधनका क्रममा पुटिनले अमेरिकी राष्ट्रपति ट्रम्पको आह्वानप्रति सहानुभूति राख्ने जनाउँदै युक्रेनलाई युद्धमा घुँडा टेकाइ छोेड्न् अठोट व्यक्त गर्नुभएको छ ।

पुटिनको यो चेतावनी प्रति युक्रेनले भने आफना सैनिकहरु अन्तिम घडी सम्म लडिरहने जनाउँदै कुनैपनि हालतमा आत्मसमर्पण नगर्ने जनाएको छ । युक्रेनी राष्टपति भोलिडिमीर जेलेन्स्कीले आफनो बल र बुताले भ्याएसम्म रुससँग युद्ध लड्ने जनाउँदै आफना सैनिक कायर नभएको प्रतिक्रिया दिनुभएको छ ।