३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


अमेरिकामा आँधीबेहरीबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो


1.989k
Shares

एजेन्सी । अमेरिकाको दक्षिणपूर्वी राज्यहरूमा आएको आँधीबेहरीबाट कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।

आँधीबेहरीले टेक्सास, ओक्लाहोमा र अर्कान्सासका बाटोमा गुडिरहेको कारहरू समेत पल्टेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने मिसौरीमा घरहरु भत्केर अन्यको मृत्यु भएको हा्े ।

आँधीबेहरीका कारण मिसौरी, इलिनोइस, इन्डियाना, टेक्सास र अर्कान्सासका नागरिक प्रभावित भएका छन् । ती शहरका अधिकांश ठाउँका घरहरु भत्कनुका साथै बिजुलीका पोलहरु ढलेकाले २ लाख मानिस बिजुलीविहीन अवस्थामा रहेका छन् ।

यसैबीच, मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीमा आँधीबेहरीको चेतावनी जारी गरिएको छ ।

त्यसैगरी दक्षिणपूर्वका तीनै राज्यहरूका साथै अलाबामा र अर्कान्सासका केही भागहरूमा पनि अचानक बाढी र बाढीको चेतावनी जारी गरी सर्वसाधारणलाई सचेत रहन अपील गरिएको छ । आँधीबेहरीबाट घरहरु भत्केकाले उद्धारकर्मीले धमाधम भग्नावशेष पन्छाउने काम गरिरहेका छन् ।