३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


ग्रेटर नेपाल पब्लिकेशनको वार्षिक उत्सव


0
Shares

काठमाडौं । ग्रेटर नेपाल पब्लिकेशनले आफ्नो १२औं वार्षिकोत्सव मनाएको छ । विगत १२ वर्षदेखि सञ्चार क्षेत्रमा सुचना तथा सन्देश प्रवाह गर्दै आएको ग्रेटर नेपाल पब्लिकेशनले शनिबार १२ औ वार्षिक उत्सव मनाएको हो ।

ग्रेटर नेपालले यो वर्ष ग्रेटर नेपाल मासिक पत्रिका प्रकाशनमा विशेष सहयोग पुर्‍याए वापत नेपाल बाणिज्य बैंकलाई सम्मान गरेको हो । कार्यक्रममा ग्रेटर नेपाल महाअभियानका संस्थापक अध्यक्ष सुरेन्द्र ढकालले भारतबाट अँग्रेजहरु हट्ने क्रममा आफ्नो भुमी दाबी गर्न भनेका बेला तत्कालीन राजाले त्यसो नगरेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

कार्यक्रममा ग्रेटर नेपाल पब्लिकेशनका अध्यक्ष रामशरण पाण्डेले नेपाल बनाउन वर्तमान व्यवस्था बाधक भएको भन्दै पहिले भ्रष्टाचारी किनार लगाउनुपर्ने बताउनुभयो ।

ग्रेटर नेपाल पब्लिकेशनले विगत १२ वर्षदेखि ग्रेटर नेपाल नामक पत्रिका प्रकाशन गर्दै आएको छ । पब्लिकेशनले हाल ग्रेटर नेपाल मासिक, नारी पाक्षिक, बिएन टिभी, युटुब च्यानल साथै विशाल नेपाल डटकम अनलाइन पोर्टलमार्फत विभिन्न सन्देशमुलक कार्यक्रम प्ररसारण तथा प्रकाशन गर्दै आइरहेको छ ।