३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


संसद्मा सांसदबीच सवालजवाफ


0
Shares

काठमाडौं । संसद्मा नेकपा एमालेका सांसद रघुजी पन्त र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीबीच सवालजवाफ भएको छ । नेकपा एमालेका सांसद पन्तले संसदभित्र राजतन्त्रको विषयमा छलफल गर्न नपाइने बताउनुभयो ।

आज प्रतिनिधि सभाको बैठकमा सांसद पन्तले वर्तमान संविधानले गणतन्त्रलाई आत्मसात गरेकाले राजतन्त्र नचिन्ने बताउनु भएको हो । उहाँले समयको मागसँगै गणतन्त्रको स्थापना भइसकेकाले राजतन्त्रको विषय इतिहासमा सिमित भएको बताउनुभयो ।

उहाँले समयको प्रवाहसँगै विश्वका राजतन्त्रहरु समाप्त भएर गणतन्त्र स्थापना भएको बताउनुभयो । नेपालको इतिहासमा मल्ल, किरात, लिच्छवी वंशलगायतका राजतन्त्र भएको भन्दै अहिले पुनःस्थापनाका लागि किन शाह वंशको कुरा गरेको भन्दै प्रश्न गर्नुभयो । राजाका इतिहासबारे पन्तका टिप्पणीप्रति शाहीले नियमापत्ति जनाएपछि दुई सांसदबीच सवालजवाफ भएको हो ।

सांसद पन्तले जनभावना अनुसार अगाडि बढ्ने व्यवस्था नै लोकतन्त्र भएकाले सरकारले जनताको चासो र भावनालाई तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो ।