४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


अमेरिकामा रहेका २ सय बढी भेनेजुएलाका आपराधिक गिरोह पक्राउ


1.937k
Shares

एजेन्सी । अमेरिकामा रहेका भेनेजुएलाका २ सयभन्दा बढी कथित अपराधिक गिरोहका सदस्यहरुलाई पक्राउ गरी एल साल्भाडोरको कारागारमा लगिएको छ ।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले भेनेजुएलाका आपराधिक गिरोह ट्रेन डे अरागुआका २ सय ३८ सदस्यहरुलाई आफनो देशमा रहेको सुपरम्याक्स कारागारमा राखिएको जानकारी दिनुभएको छ । यद्दपी उनीहरुले गरेको अपराधका विषयमा अमेरिकी सरकार र एल साल्भाडोरसँग कुनै प्रमाण भने छैन ।

अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई उनीहरुलाई पक्राउ गर्नुको प्रमाण पेश गर्न आदेश दिँदा दिँदै एल सल्भाडोर पुर्‍याइएको बुझिएको छ । एल साल्भाडोरका राष्ट्रपति बुकेलेले न्यायाधीशको आदेश ढिलो आएको भन्दै खिल्ली उडाएर पक्राउ परेका २ सय ३८ जनाको हात र खुट्टा बाँधिएको दृश्य सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीका रुपमा रहनुभएका बुकेलेले भेनेजुएलाका कुख्यात गिरोहलाई आतंकवाद बन्दीगृहमा स्थानान्तरण गरिएको जनाउँदै कम्तीमा पनि एक वर्षको अवधिसम्म राखिने प्रष्ट पार्नुभएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुकेलेको प्रशंसा गर्दै अमेरिकाको बलियो सुरक्षा नेताको रुपमा व्याख्या गर्नुभएको छ ।