
अर्घाखाँची । अर्घाखाँचीको गोरुसिँगे सन्धिखर्क सडक खण्डको डोहोटेमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ ।
सवारी दुर्घटना न्यूनीकरण र चोरी निकासी रोक्ने उद्देश्यले प्रहरी पोस्ट स्थापना गरिएको शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौड्ेलले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय ठाडाबाट सेवा लिन निकै कठिनाइ भोग्नु परिरहेको अवस्थामा, स्थानीयको मागअनुसार प्रहरी पोस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले बताउनुभयो ।
पोष्ट स्थापना भएसँगै त्यसको समाधानमा समन्वय, सवारी दुर्घटना न्यूनीकरण र चोरी निकासी नियन्त्रणमा पनि महत्वपुर्ण भुमिका रहने अपेक्षा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्