४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर छ : सांसद अर्याल


2.314k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले राजनीतिक दलहरु कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न नसकेका कारण जनतमा व्यवस्थाप्रति वितृष्णा बढ्दै गएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै सांसद अर्यालले विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा उत्पिडित वर्गको समस्या समाधान गर्नतर्फ राजनीतिक दलहरुको ध्यान जान जरुरी रहेको बताउनुभयो । उहाँले राजनीतिक दलको यस्तै प्रवृत्तिको कारण जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर रहको बताउनुभयो ।

सांसद अर्यालले व्यवस्थाप्रति सबै राजनीतिक दलहरु सचेत हुन जरुरी रहको बताउनुभयो । उहाँले संघीयता कार्यान्वयनका विषयमा समेत प्रश्न उठ्न थालेको भन्दै विचार पुर्याउन सबै राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो ।

सांसद अर्यालले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र कुनैपनि हिसावले हुन नसक्ने समेत उल्लेख गर्नुभयो ।