
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले राजनीतिक दलका नेता तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्न प्रश्ताव गर्नुभएको छ ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै सांसद भुसालले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार वाधक रहेको समेत उल्लेख गर्नुभयो । संविधान संशोधन गरेरै भएपनि सर्वशक्तिसम्पन्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उहाँको भनाइ छ ।
सांसद भुसालले छानविन गर्दा यदि कसैले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भेटिए त्यसलाई राष्ट्रियकरण गर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले संविधानमा रहेका समस्याहरुको पहिचान गर्न संविधानको पुनरावलोकन गर्न जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्