४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


भ्रष्टाचारीको सम्पत्ति छानविन गरी राष्ट्रियकरण गरौं : जनार्दन शर्मा


1.183k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले मुलुकमा सुशासन स्थापित गर्न सामाजिक र सांस्कृति अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१ माथि छलफलमा भाग लिदै उपमहासचिव शर्माले सुशासनको लागि नेतृत्वले जनताको विश्वास जित्नु पर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारमा सम्लग्न भएका राजनीतिक नेतृत्वको सम्पती छानविन गरेर राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो । संवैधानिक आयोगहरुले गर्ने काम कारबाही पारदर्शी हुनेपर्ने उहाँको भनाइ छ ।

उपमहासचिव शर्माले नेतृत्वलाई खबरदारी गर्दै जनताको निर्देशनमा चल्नसक्ने साशन प्रणाली र संस्कारको आवश्यक भएको बताउनुभयो । कानुनमा भएका दोहोरो अर्थ लाग्ने विषयलाई संशोधन गर्नुपर्ने उहाँको भनाइ छ ।