४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


५ सय जना श्रामणेरहरुको धम्मयात्रा


260
Shares

काठमाडौं । अल्पकालिन प्रव्रजित नव श्रामणेरहरुले सोमबार काठमाडौंमा धम्मयात्रा सहित भिक्षाटन गरेका छन् ।

५ सय जना श्रामणेरहरुले स्वयम्भूमा रहेको आनन्दकुटी महाविहारबाट भिक्षाटन सुरु गरेका हुन ।

महाविहारबाट सुरु भएको भिक्षाटन स्वयम्भु महाचैत्य, डल्लु, ताम्सिपाखा, परोपकार स्कूल हुँदै काठमाडांै दरवारक्षेत्र परिक्रमा पछि नयाँ सडक फसिकेवमा पुगेर सम्पन्न भएको हो । श्रामणेरहरुबाट स्थानीय उपासक र उपासिकाहरुले दिएको अष्टपरिकार सहितको दान ग्रहण गरेका थिए ।

आइतबार लुम्बिनीको विभिन्न स्थानमा श्रामणेरहरुबाट धम्मयात्रा गरि काठमाडौं फर्किएको थियो । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघ लगायतको विभिन्न संस्था लगायतको आयोजनामा तथागत गौतम बुद्धको जन्म स्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई थेरवाद बौद्ध परम्परा अनुसार अल्पकालिन प्रव्रजित गराइएको थियो ।