
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले हिमतालहरुको संरक्षणका लागि बजेट विनियोजन गरेर अघि बढ्ने बताउनुभएको छ ।
सोमबार ललितपुरमा आयोजित नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताहलाई सम्बोधन गर्दै मन्त्री खड्काले बजेटमा समावेश गरेर हिमतालहरुको संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो । यसका लागि आवश्यक प्रवन्ध मिलाउन सचिवहरुलाई निर्देशन दिंदै उहाँले हिमताल फुटेपछि विकराल समस्या आउने भएकाले समयमै ध्यान दिन जरुरी भएको बताउनुभयो ।
मन्त्री खड्काले जलश्रोतको संरक्षण तथा मौसम परिवर्तनको प्रभाव न्युनिकरण गर्न दीर्घकालीन नीति निर्माण हुनु आवश्यकता भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्