
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संघीयताको पुनःसंरचना गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसभापति गुरुङले संघीय संसदमा सांसदहरुको संख्या बढी भएको समेत टिप्पणी गर्नुभएको छ । समानुपातिक र समावेशी सहित संघीय संसदमा २७५ बाट घटाएर १६५ मा झार्नुपर्ने उहाँको भनाइ छ ।
उपसभापति गुरुङले प्रदेशहरुमा समेत सांसदहरुको संख्या बढी भएको कारण संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको जिकिर गर्नुभयो । उहाँले संघीयताको नाममा उत्पदानमा केन्द्रित नभई वितरमुखी प्रक्रियामा रमाइरहने प्रवृत्तिले संघीयमाथि सधैं प्रश्न उठिरहने बताउनुभयो ।
उपसभापति गुरुङले संघीयताको सफल कार्यान्वयन हुन नसक्दा संघ र प्रदेश एउटै बाटोमा हिँडिरहेको टिप्पणी गर्नुभयो । उहाँले संघीयताको सफल कार्यान्वयनको लागि पुँजी निर्माणलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्