४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त


1.69k
Shares

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक थापालाई नियुक्त गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले प्रहरीको महानिरीक्षकमा थापालाई नियुक्त गरेको बताउनुभयो ।

मन्त्रिपरिषद्को नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औं आइजिपी बन्नुभएको छ ।